काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतामा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर प्रति १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणलाई निष्काशन गरिनेछ ।
द हिमालयन टाइम्सले सन् २००१ मा स्थापित भई अंग्रेजी भाषामा प्रकाशित गर्दै आएको राष्ट्रिय दैनिक पत्र–पत्रिकाहरु मध्ये एक हो ।