images
images

राष्ट्रिय सभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने


  • 329
    SHARES
  • २०८० पौष २९ गते आइतबार

    राष्ट्रिय सभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

    काठमाडौं ।  राष्ट्रिय सभा सदस्यको उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले एक सुचना जारी गर्दै उम्मेदवारको चुनाव खर्चको सिमा तोकेको हो ।

    आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिने जनाएको छ । 

    उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन गरेको छ ।

     त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने आयोगको भनाई छ । राष्ट्रिय सभाकाे निर्वाचन ११ माघमा निर्वाचन हुँदैछ ।

     

     

     

     

     

     

     


    images
    images

    Logo