images
images

प्राधिकरणले जोडिदियो महशुल विवाद भएका उद्योगको लाइन


  • 358
    SHARES
  • २०८० पौष २८ गते शनिबार

    प्राधिकरणले जोडिदियो महशुल विवाद भएका उद्योगको लाइन

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमा विदादित उद्योगको लाइन जोडिदिएको छ । मन्त्रिपरिषद्को निर्देशन अनुसार प्राधिकरण सञ्चालक समितिले लाइन जोड्ने निर्णय गरेसँगै लाइन जोडिदिएका हो । 

    यसअघि मनित्रपरिषद्ले महशुल विवादको सम्बन्धमा सुझाव दिन सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै प्राधिकरण सञ्चालक समितिले लाइन जोडिदिने निर्णय गरेको थियो । 

    उक्त निर्णयसँगै शुक्रबार साँझबाट लाइन जोड्न सुरु गरेको थियो । रातिसम्म सबैजसो उद्योगको लाइन जोडिएको प्राधिकरणले जनाएको छ । 


    images
    images

    Logo