काठमाडौँ । नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्नेयोजना अघि सारेको छ । हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनीआफैँले उत्पादन गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडलेउत्पादन गर्ने योजना बनाएको छ । स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरिरहेको औषधिलिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए ।
प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ छ । उहाँकाअनुसार लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगोरुपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योगमन्त्रालय र लिमिटेडबीच सम्झौतासमेत भएको छ ।
विगतमा लिमिटेडले एक सय ४६ किसिमका औषधि उत्पादन गर्दै आएको थियो । केही समय सिटामोलमात्र उत्पादन गर्दै आएकोलिमिटेडले हाल नौ किसिमका औषधि उत्पादन गर्दै आएको छ । सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि उत्पादनमा जोडदिँदै आएको लिमिटेडले पछिल्लो समय लगानीसँगै उत्पादनमा विविधीकरण गर्ने योजना बनाएको हो ।
प्रतिस्पर्धी बजारमा तालमेल गर्न नसक्नु र प्रविधिमैत्री बन्न नसक्दा यस्ता सरकारी स्वामित्वका कम्पनीको प्रवर्द्वन हुन सकेका छैनन् ।प्रधानमन्त्री दाहालको निर्देशन र लिमिटेडले तयार पारेको कार्ययोजनासहित प्रतिस्पर्धामा उत्रिनका लागि सहयोग पुग्ने महाप्रबन्धकपनेरुले विश्वास व्यक्त गरे । उनले भने, “हाल केही औषधिमा प्रतिस्पर्धा गर्न सकिन्छ । आगामी दिनमा कम्पनीको क्षमता विस्तारहुँदै गएपछि बजारमा उपलब्ध अन्य औषधिसँग प्रतिस्पर्धा गर्न मद्धत पुग्नेछ ।”
गुणस्तरीय औषधि उपलब्ध गराउन लिमिटेड तयार रहेको उल्लेख गर्दै महाप्रबन्धक पनेरुले देशका सबै स्थानीय तहसँग सहकार्य गरेरऔषधिको बिक्री वितरण गर्ने बताउनुभयो । उनका अनुसार कम्पनीले विगतको तुलनामा उत्पादन र बिक्री बढाएको छ । पछिल्लोएक महिनामै रु एक करोड ५० लाखसम्मको औषधि बिक्री गर्न सफल भएको छ ।
लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानले सरकारले जनतालाई उपलब्ध गराउने ९८ किसिमका औषधि उत्पादन गरेर बिक्री गर्ने मुख्यउद्देश्य रहेको र सोहीअनुसार योजना अगाडि बढेको जानकारी दिनुभयो । उनका अनुसार प्रतिस्पर्धी क्षमता विस्तार गर्न हाल औषधिलिमिटेडले ओगटेको क्षेत्रलाई स्वआर्जनमूलक परिसरमा रूपान्तरण गर्ने, व्यावसायिक रूपमा ‘मेडिकल हब’ सञ्चालन गर्ने रउद्योगलाई प्रतिस्पर्धी बनाउन उत्पादन क्षमता विस्तार गर्ने योजना बनाएको छ ।
बर्सेनि अर्बौँको औषधिजन्य पदार्थको आयातलाई निरूत्साहित तुल्याउन पनि औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिएकोमहाप्रबन्धक पनेरुले बताउनुभयो । उनले सरकारले तत्कालका लागि लगानी गरेको अवस्थामा उत्पादन गरेर सरकारको रकम फिर्तागर्ने प्रतिबद्धता व्यक्त गरे ।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा रु १६ अर्ब ८० करोड बराबरको औषधिजन्य पदार्थआयात भएको छ । गत आर्थिक वर्षमा २०७९/८० मा रु ४४ अर्ब ६४ कारोड बराबरको औषधिजन्य पदार्थ नेपाल भित्रिएको थियो ।सबैभन्दा बढी औषधिजन्य पदार्थ भारतबाट आउने गरेको छ । गतवर्ष नेपालबाट एक अर्ब ६० कारोडका औषधिजन्य वस्तु निर्यातभएको थियो ।



