काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
प्रकाशित सूचना अनुसार बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिने भएको छ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ। बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिनेछ।
त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ।