images
images

९ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


  • 419
    SHARES
  • २०८० पौष २५ गते बुधबार

    ९ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । गत सोमबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। 

    आज ९.५० अंकले बढेर २ हजार ८९ दशमलव ६२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १ स्क्रिपको ५ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड ३४ लाख कित्ता शेयर किनबेच भएको छ । 

    बुधबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ६ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय १८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १८ कम्पनीको शेयर मुलय घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको २८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावरको १५ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार २ कम्पनीको शेयरमल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा मनकामना स्मार्ट लघुवित्त र हिमालयन रि–इन्स्योरेन्स रहेका छन् । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

     

     

     


    images
    images

    Logo