images
images

तपस्वी रामबहादुर बम्जन बुढानीलकण्ठबाट पक्राउ


  • 635
    SHARES
  • २०८० पौष २४ गते मंगलबार

    तपस्वी रामबहादुर बम्जन बुढानीलकण्ठबाट पक्राउ

    काठमाडौ ।  तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजनलाई प्रहरीले पक्राउ गरेको छ । बमजनलाई मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले राजधानीको बुढानिलकण्ठबाट पक्राउ गरेको हो।

    सिआइबी प्रमुख किरण बज्राचार्यका अनुसार, बमजन केही समयदेखि त्यहाँ छन् भन्ने सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको  थियो । कुनै बेला ‘लिटल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि सम्पर्कविहिन थिए । उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । बमजन फेला नपरेपछि प्रहरी रित्तो हात फर्किएको थियो । 

    बम्जनमाथि २० साउन २०७३ मा बाराको आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडित परिवारले किटानी जाहेरी दिएका थिए । 

    जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् । 

    सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले बम्जनका आश्रमहरूबाट यसअघि शव गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो ।  बम्जनमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई बलात्कार गरेको आरोप समेत लागेको छ ।


    images
    images

    Logo