images
images

२० अंकले बढ्यो नेप्से, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उछाल


  • 424
    SHARES
  • २०८० पौष २४ गते मंगलबार

    २० अंकले बढ्यो नेप्से, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उछाल

    काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) २०.६२ अंकले बढेकोे छ । सोमबार ३६.५७ अंकले बढेर २०५९.४९ मा पुगेर बन्द भएको नेप्से मंगलबार थप २० अंकले बढेर २०८२.१२ विन्दुमा पुगेको हो । 

    आज कारोबारमा आएका २४७ कम्पनीमध्ये १६५ कम्पनीको शेयरमूल्य बढ्दो ७७ वटाको शेयरमूल्य घटेको छ । पाँच वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । मंगलबार १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    आजको नेप्से बढ्नुको मूख्य कारण विकास बैंक, फाइनान्स कम्पनी र होटल तथा पर्यटन व्यवसाय उपसूचकको वृद्धि मुख्य कारण रहेको छ । ती उपसूचकहरु क्रमशः ५.२१, ३.६४ र २.७२ प्रतिशतले बढेका छन् । आज बजारका १३ उपसूचकहरुमध्ये हाइड्रोपावर, उत्पादनमुलक उद्योग र म्युचुअल फन्डबाहेक अरु सबै उपसूचकहरु बढेका छन् । 

    आज बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बराबर रकममा १ करोड ७९ लाख कित्ता शेयर कारोबार भयो । 


    images
    images

    Logo