images
images

लगातार २ दिन घटेपछि नेप्सेमा ३६ अंकको सुधार, कारोबार रकम साढे ४ अर्बमाथि  


  • 489
    SHARES
  • २०८० पौष २३ गते सोमबार

    लगातार २ दिन घटेपछि नेप्सेमा ३६ अंकको सुधार, कारोबार रकम साढे ४ अर्बमाथि  

    काठमाडौं । लगातार २ दिन घटेको शेयर बजारमा आज ३६ अंकको सुधार देखिएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंकले बढेर बन्द भएको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अंकले बढेर २ हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ । आज ३ सय ९ स्क्रिपको ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको १ करोड ३७ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज कारोबारमा आएका २ सय १२ कम्पनीको शेयर मुल्य बढेको छ । २९ कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा सिंगटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी रहेका छन् । नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी र समाज लघुवित्तको शेयर मुल्यमा सर्किट लागेको छ । त्यसैगरी, यस दिन अन्य ७ स्टकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo