images
images

मनकामना स्मार्ट लघुवित्तले माग्यो साधारण सभा गर्न चैतसम्मको समय


  • 371
    SHARES
  • २०८० पौष २३ गते सोमबार

    मनकामना स्मार्ट लघुवित्तले माग्यो साधारण सभा गर्न चैतसम्मको समय

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा गर्न चैतसम्मको समय मागेको छ । कम्पनीले पुस २२ गते नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै समयावधि थप गर्न आग्रह गरेको हो । 

    धितोपत्र दता तथा निष्काशन नियमावली–२०७३ मा भएको व्यवस्था बमोजिम बोर्डमा बार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भएकामा संस्था समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने क्रममा रहेकाले गत आर्थिक बर्षको सभा बोलाउन र बार्षिक प्रतिवेदन पेश गर्न ढिलाइ भएको जनाएको छ ।

    संस्थाले उक्त नियमावलीको नियम २७ बमोजिम बार्षिक प्रतिवेदन सहित विवरण पेश गर्न ढीलामा चैत मसान्तसम्मको समय थप्न बोर्डलाई माग गरेको छ । मनकामना स्मार्ट लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त लुम्बिनी प्रदेश कार्य भएको कम्पनी हो । जसको केन्द्रीय कार्यालय सिद्धार्थ नगरपालिका ५, रुपन्देहीमा रहेको छ ।

     

     

     


    images
    images

    Logo