images
images

राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशित, सबैभन्दा धेरै मधेशमा


  • 329
    SHARES
  • २०८० पौष २२ गते आइतबार

    राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशित, सबैभन्दा धेरै मधेशमा

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।  आगामी माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । 

    अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५ सय ४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ४ सय ९८ जनाले मतदान गर्ने भएका हुन् । सबैभन्दा धेरै मतदाता भने मधेश प्रदेशमा रहेका छन् । मधेशमा प्रदेशसभा सदस्य १ सय ७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ६७ जना गरी कुल ३ सय ४७ जना मतदाता रहेका छन् ।

    त्यस्तै कोशीमा ९३ जना प्रदेशसभा सदस्य र २ सय ७४ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३ सय ६७ जना मतदाता रहेका छन् । बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३ सय ४७ मतदाता छन् ।

    गण्डकीमा ६० प्रदेशसभा सदस्य र १ सय ७० स्थानीय तहका जनप्रतिनिधि गरी २ सय ३०, लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २ सय १८ स्थानीय तहका जनप्रतिनिधि गरी ३ सय ५ जना मतदाता छन् ।

    त्यस्तै कर्णालीमा ४० प्रदेशसभा सदस्य र १ सय ५६ स्थानीय तहका जनप्रतिनिधि गरी १ सय ९६ जना र सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका जनप्रतिनिधि गरी २ सय २८ जना मतदाता रहेका छन् । 

    उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेकोले २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको छ।

     कुन प्रदेशमा कति मतदाता र मतभार ?

    Capture.JPG
     

     

     

     

     


    images
    images

    Logo