images
images

नेप्सेसँगै कारोबार रकमा पनि गिरावट


  • 474
    SHARES
  • २०८० पौष २२ गते आइतबार

    नेप्सेसँगै कारोबार रकमा पनि गिरावट

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) २६.३६ अंकले घटेर २ हजार २२ दशमलव ९२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ४ स्क्रिपको ५ अर्ब २४ करोड रुपैयाँ बराबरको १ करोड ५२ लाख कित्ता शेयर किनबेच भएको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । विहीबार ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज ८१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक यस दिन १.०३ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोडमाथि शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको १९ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा तेह्रथुम पावर कम्पनी रहेको छ । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको ९.९९ प्रतिशतले बढेको छ भने नेपाल वेयरहाउसिङ कम्पनीको ९.९८ प्रतिशतले बढेको छ । धौलागिरी लघुवित्त र सिंगटी हाइड्रो इनर्जीको ९.९६ प्रतिशतले बढेको छ । 


     


    images
    images

    Logo