काठमाडौं । हकप्रद निष्काशन गर्नका लागि नारायणी डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।
यस अनुसार बैंकले प्रतिशेयर १०० रुपैयाँमा २६ लाख २४ हजार ६ सय ७६ कित्ता शेयर निष्काशन गर्नेछ। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।