images
images

सातामा १९ अंकले घट्यो नेप्से, आगामी साता के होला ?


  • 405
    SHARES
  • २०८० पौष २१ गते शनिबार

    सातामा १९ अंकले घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से १९.६२ अंक घटेर २ हजार ४९ दशमलव २८ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन बढेर बन्द भएको हो। यस साता बुधबार नेप्से परिसूचक करिब २८ अंक बढेको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब १३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ०।९५ प्रतिशत अर्थात ३० अर्ब रुपैयाँ घटेर ३१ खर्ब ८३ अर्बमा सीमित भएको छ।

    साताको पहिलो आइतबार तुम ल्होसार परेको कारणले सरकारले सार्वजनिक विदा दिएको थियो । सोही कारणले शेयर बजार बन्द थियो । साताको दोस्रो दिन सोमबार ८.७५ अंकले घटेर २ हजार ६० दशमलव ५० विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, साताको तेस्रो दिन मंगलबार ३०.०५ अंकले घटेर २ हजार ३० दशमलव १० विन्दुमा पुगेको छ । सो दिन ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो । बुधबार २७.९० अंकले बढेर २ हजार ५८ विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि केही बढेको थियो । 

    साताको अन्तिम दिन विहीबार ८.७१ अंकले घटेर २ हजार ४९ दशमलव २८ विन्दमुा पुगेको छ  । सो दिन ५ अर्ब ५३ करोड रुपैयाँ बारबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्से घटेपनि कारोबार रकम भने केही बढेर बन्द भएको थियो । 

    १३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी उपसमूहको परिसूचक सर्वाधिक ४.१६ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता व्यापार, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशत घटेको छ। 

    यस साता एभरेष्ट बैंकको १ करोड ६ लाख ९८ हजार ९४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। लाभांशको सिजन पनि चलिरहेको छ । यद्यपि, नेप्से सूचकमा केही राम्रो संकेत देखिए पनि कारोबार भने खासै हुन सकेन । वर्षभरिको कमाईबाट सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । कतिपयले साधारण सभा गरेर लाभांश प्रस्ताव अनुमोदन पनि गरिसकेका छन् । तर यी कुराहरुको सकारात्मक प्रभाव अहिलेसम्म बजारमा देखिएको छैन ।  


    images
    images

    Logo