काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्रसुधार हुन समय नलाग्ने बताएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको दशौँ वार्षिक साधारण सभा तथा पच्चीसौँ स्थापना दिवस कार्यक्रमलाई भर्चुअल माध्यमबाटसम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफुहरुले निरन्तर पहल गरेको जानकारी गराए ।
उनले भने पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्या छन् ।
साना ठूला सबै तहका उद्योग व्यवसायका लागि विविध खालका चुनौती छन् । उद्योग व्यवसाय गर्ने वातावरण बनाउन हामीलेसरकारलाई पनि बारम्बार आग्रह गर्दै आएका छौं, विज्ञ लगाएर सुझाव तयार गरी बुझाएका पनि छौं । ती कुराहरू कार्यन्वयन हुनुपर्यो ।
अध्यक्ष ढकालले भने, पछिल्लो समय ट्रङ तथा डेडिकेटेड लाइनको महशुल विवादले पनि उद्योगीहरु समस्यामा छन् । उद्योगहरुकोडेडिकेटेड र टंकलाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको छ । यसले औद्योगिक वातावरण विगार्छ । यसकोसमाधानका तत्काल एक उच्चस्तरिय आयोग वा संयन्त्रको माग गरेका छौ । यो समस्या कुनै एक निकायले समाधान गर्न सक्दैन ।
उनले निजी क्षेत्र सम्मिलित आयोग बनाई त्यसबाट समाधान निकाल्नुपर्ने बताए ।
उनले भने, यसरी काटिएको लाइन जोडन र थप नकाटन म आग्रह गर्दछु । यसले रोजगारी र राजश्वमा असर गरेको छ । मन्दीमारहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ ।
अध्यक्ष ढकालले भने, मुलुकभरिकै व्यापार व्यवसायलाई मुलुकको समग्र अर्थतन्त्रले प्रभावित पारेको छ । वाह्य क्षेत्र सकारात्मकभएपनि मुलुक भित्र माग सिर्जना हुन सकेको छैन् । यो विगतमा हामीले एकपछि अर्को गर्दै गरेको नीतिगत निर्णयका कारण भएको हो। उनले भने मुलुकमा भविष्य नदेखेर युवाहरु पलायन भैरहेका छन् ।
रेमिट्यान्स त आएको छ तर उपभोग बढेको छैन् । हामीले यो समस्या हुँदैछ भनेर शुरुमै सरकारको ध्यानाकर्षण गराएका थियौ । तरसमाधानमा ध्यान पुगेन ।
हामीले असोजमा राष्ट्रिय आर्थिक बहस आयोजना गर्यौ । त्यसमा अन्तरनिकाय समन्वय र नयाँ चरणको सुधारका लागि आयोग वाउच्चस्तरीय संयन्त्रको हामीले माग गर्यौ । सोही अनुरुप प्रधानमन्त्रीज्यूले सम्वाद परिषद व्युत्याउने घोषणा त गर्नुभयो तर वैठकभएको छैन्, उनले भने ।
अध्यक्ष ढकालले भने, उद्योग मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अन्तरनिकाय सम्मिलित राष्ट्रिय व्यापार सहजीकरणसमितिको कार्यविधि बनाउन निर्देशन दिएका छन् । हामीले माग गरेको यही र यस्तै संयन्त्र हो । जसले सम्वेदनशील भएर उद्यमीकासमस्या समाधान गरोस् । यो तत्काल बन्नुपर्यो र संयन्त्र निर्माण हुनुपर्यो । हाम्रो आग्रह छ ।
हामीले थप व्यवसायिक वातावरण विगार्नु हुँदैन । नत्र हामी थप समस्यामा पर्दै जानेछौ । अहिले हालसम्मकै उच्च विदेशी विनिमयसंचिति छ । अत्यधिक रेमिट्यान्स आइरहेको छ । बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त छ । यसको उपयोग निजी क्षेत्रले नै गर्ने हो ।यसको वातावरण मात्रै सरकारले बनाइ दिने हो, उनले भने । यसका लायि महासंघले सातै वटा प्रदेशमा लगानी सम्मेलनको योजनापनि अगाडि सारेका जानकारी गराउदै कोहलपुरमा कुन कुन क्षेत्रमा लगानी ल्याउन सकिन्छ, उद्योग व्यवसायको सम्भाव्यता कतिकोछ, यसमा गृहकार्य गर्न आग्रह गरे ।



