images
images

आईपीओ निष्काशनका लागि २ कम्पनीले दिए बोर्डमा निवेदन


  • 504
    SHARES
  • २०८० पौष २० गते शुक्रबार

    आईपीओ निष्काशनका लागि २ कम्पनीले दिए बोर्डमा निवेदन

    काठमाडौं । आईपीओ निष्काशनका लागि २ कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिनेमा शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकार रहेका छन् ।

    शौर्य सिमेन्टले १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले ४ अर्ब २२ करोड ७३ लाख ६६ हजार ५ सय ६५ रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । 

    कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थपेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा आईपीओ निष्काशन गर्नछ । कम्पनीको आइपीओ विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

    त्यस्तै, अन्नपूर्ण केबलकारले अंकित मूल्य १ सय रुपैयाँमा ३१ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले ३१ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo