काठमाडौ । इसेवा मनि ट्रान्स्फर सेवाले विद्यालयलाई डिजिटल सामग्री सहयोग गरेको छ ।
इसेवा मनि ट्रान्स्फरले डिजिटल साक्षरताका लागि भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।मंगलबार एफवान सफ्ट गु्रपका गु्रप प्रमुख सञ्चालन अधिकृत(सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्यूरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलइडि टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरेका हुन् ।
छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्च्वका कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विद्यालयहरूलाई ई–लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आएको हो ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमाआधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्तबनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।



