images
images

पूर्ण क्षमतामा चल्न थाल्यो माथिल्लो तामाकोशी


  • 1.3K
    SHARES
  • २०७८ भाद्र ३ गते बिहीबार

    पूर्ण क्षमतामा चल्न थाल्यो माथिल्लो तामाकोशी

    दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन थालेको छ । मंगलबार आयोजनाबाट ४ सय ५६ मेगावाट नै विद्युत् उत्पादन भएको हो । 

    आयोजनाका सबै ६ वटै युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ । ‘४ वटा युनिटबाट उत्पादित ३ सय ४ मेगावाट व्यावसायिक रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।’

    माथिल्लो तामाकोसीका प्रत्येक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ । यसअघि ४ युनिटबाट परीक्षण उत्पादन भइरहेको थियो । मंगलबार बाँकी २ युनिटबाट पनि १ सय ५२ मेगावाटको परीक्षण उत्पादन सफलताका साथ सम्पन्न भएको हो । 


    images
    images

    Logo