images
images

हाइड्रोपावरको शेयरमूल्य उछालबारे विद्युत् नियमन आयोगको ध्यानाकर्षण

लगानी निर्णय गर्ने १६ वटा आधार प्रस्तुत


  • 989
    SHARES
  • २०७८ भाद्र ३ गते बिहीबार

    हाइड्रोपावरको शेयरमूल्य उछालबारे विद्युत् नियमन आयोगको ध्यानाकर्षण

    काठमाडौं । शेयर बजारमा हाइड्रोपावर कम्पनीको मूल्य उच्च गतिमा बढ्न थालेपछि विद्युत् नियमन आयोगले ध्यानाकर्षण गरेको छ । विद्युत् कम्पनीका प्रवद्र्धकले शेयर मूल्यमा अस्वभाविक वृद्धि गराउने क्रियाकलाप गरेको र सोही आधारमा दोस्रो बजारमा हाइड्रोपावरको शेयरमूल्यमा उछाल आएको भन्ने सम्बन्धमा आयोगले ध्यानाकर्षण गरेको हो । 

    धितोपत्र बजारमा लगानी गर्ने कि नगर्ने तथा कम्पनीको विश्लेषण गर्नुपर्ने दायित्व लगानीकर्ताकै भएको भन्दै आयोगले सूचीकृत कम्पनीले सत्य र निष्पक्ष ढंगबाट आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने दायित्व भने सम्बन्धित कम्पनीको रहेको उल्लेख गरेको छ । जानाजान त्रुटीपूर्ण तथ्य सार्वजनिक गरेको पाइएमा कारबाही गर्ने समेत आयोगले प्रतिवद्धता व्यक्त गरेको छ । 

    आयोगले हाइड्रोपावरको शेयरमा लगानी गर्नुभन्दा अघि कम्पनीको अवस्थाको बारेमा अध्ययन गर्न भन्दै लगानीकर्ताहरुलाई १६ वटा विश्लेषणका आधारहरु समेत दिएको छ । साथै, हाल विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनसम्बन्धी निर्देशिका २०७६ संशोधनको लागि सुझाव संकलनको क्रममा रहेको आयोगले जनाएकाे छ । संशोधन नभएसम्म अहिलेको व्यवस्था अनुसार नै सार्वजनिक निष्कासनसम्बन्धी काम कारबाही भइरहेको समेत आयोगले प्रष्ट पारेको छ ।

    यस्ता छन् सार्वजनिक विद्युत नियमन आयोगले दिएका आधारहरु

    क. कम्पनीको नेट वर्थ चुक्ता पुँजीभन्दा कम भएको/नभएको
    ख. शेयरको बजार मूल्य र प्रति शेयर आम्दानीको अनपुात कम भएको/नभएको
    ग. चालु पुँजी र चालु दायित्वको अनपुात धेरै भएको/नभएको
    घ. तरलता अनपुात धेरै भएको/नभएको
    ङ. निर्माणाधीन आयोजनाको हकमा कार्य प्रगति धेरै भएको/नभएको
    च‍ निर्माणाधीन आयोजनाको विद्युत् प्रवाह गन नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनको कार्य प्रगति हेर्दा सो प्रसारण लाइन आयोजनाभन्दा ढिला सम्पन्न नहुन देखिएको/नदेखिएको
    छ. आयोजनाको कार्य प्रगतिको हिसाबले व्यापारिक उत्पादन गर्नुपन मितिसम्म आयोजनाको निर्माण हुन सक्ने/नसक्ने
    ज. आयोजनाले बैंक तथा वित्तीय संस्थाको ऋणको किस्ता वा ब्याज समयमा तिरिरहेको/नरहेको
    झ. आयोजनाको सिञ्चित मुनाफा अधिक रहेको नरहेको 
    ञ. विगतमा कम्पनीले उचित लाभाशं वितरण गर्ने गरेको/नगरेको
    ट. कम्पनीको व्यवस्थापनसँग विद्युत् क्षेत्रको राम्रो अनभुव भएको/नभएको
    ठ. आयोजनाले पूर्ण क्षमतामा वस्तु उत्पादन गरिरहेको/नगरिरहेको
    ड. कम्पनीको लेखा परीक्षण प्रतिवेदनमा लेखा परीक्षकको नोटमा लेखिएको बुँदाहरु
    ढ. आयोजनाको प्रतिमेगावाट लागत अन्य कम्पनीका आयोजनासँग तलुनीय रहेको/नरहेको
    ण. ऋण तथा स्वपुँजीको अनुपात 
    त. कम्पनीले लिएको ऋणको ब्याज दर उच्च रहेको/नरहेको


    images
    images

    Logo