images
images

जमिन खन्दा कपनमा निस्कियो ग्यासको मुस्लो (भिडियोसहित)


  • 958
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    जमिन खन्दा कपनमा निस्कियो ग्यासको मुस्लो (भिडियोसहित)

    काठमाडौं । काठमाडौंको कपन क्षेत्रमा ग्यासको मुस्लो निस्किएको छ । पानीाको क्रममा ग्यासको उक्त ग्यासको मुस्लो निस्किएको हो । 

    बिहान पौने ११ बजेतिर बोरिङका लागि जमिन खन्ने मेसिनलाई फालेर ग्यासको मुस्लो निस्किन थालेको थियो । त्यो क्रम करिब ३ घण्टासम्म चलेको थियो । ग्यास निस्किएपछि खानी तथा भुगर्भ विभागका कर्मचारी समेत आएर अवलोकन गरेका थिए । 

    खानी तथा भुगर्भ विभागका प्राकृतिक ग्यास महाशाखा प्रमुख पृथ्वीनारायण श्रेष्ठका अनुसार यो जमिनभित्र रहेको प्राकृतिक मिथेन ग्यास हो । धोवीखोला क्षेत्रको केही भागमा सानो सानो मात्रामा ग्यासहरु रहेको र ती ग्यासहरु जमिन खन्ने क्रममा आउने गरेको बताए । तर, त्यहाँ धेरै मात्रामा ग्यास भने नभएको उल्लेख गरे । 

    यो क्षेत्र प्राकृतिक ग्यासको लागि सम्भाव्य मानिएको क्षेत्र भने होइन । यद्यपि कहिँकतै यस्तो ग्यास भरिएको हुनसक्ने उनले बताए । 

    ग्यास देखिए पनि त्यसमा ठूलो परिमाणमा नभएका कारणले विभागले केही गरिराख्नु नपर्ने महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए । 


    images
    images

    Logo