images
images

आर्थिक मन्दीको प्रभाव स्थानीय तहमा, काठमाडौं महानगरको आम्दानी ह्वात्तै घट्यो


  • 331
    SHARES
  • २०८० पौष १५ गते आइतबार

    आर्थिक मन्दीको प्रभाव स्थानीय तहमा, काठमाडौं महानगरको आम्दानी ह्वात्तै घट्यो

    काठमाडौं । अपेक्षित  राजश्व नउठेर संघीय सरकार नोक्सानमा चलिरहेको बेला देशकै सबैभन्दा ठूलो महानगर काठमाडौंको आम्दानीमा समेत उच्च गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा आधारित महानगरको राजश्व संकलन सम्बन्धी तथ्यांक अनुसार महानगरपालिकाको कुल आन्तरिक आम्दानीमा १० प्रतिशत भन्दा बढी गिरावट आएको हो । अघिल्लो वर्ष मंसिरसम्म ४१ करोड ६ लाख रुपैयाँ आम्दनाी गरेको महानगरको आम्दानी यो वर्ष घटेर ३६ करोड ८० लाखमा झरेको हो । 

    यसरी आम्दानी घट्नुमा नक्सापास दस्तुर र व्यवसाय रजिष्ट्रेसन दस्तुरमा आएको गिरावट मुृख्य कारण देखिएको छ । अघिल्लो वर्ष नक्सापास बापत ९  करोड भन्दा बढी संकलन गरेको महानगरको आम्दानी यो वर्ष घटेर ३ करोड ९५ लाख रुपैयाँमा झरेको छ  । त्यस्तै, व्यवसाय रजिष्ट्रेसन दस्तुरतर्फ अघिल्लो वर्ष ४ करोड ४१ लाख रुपैयाँ राजश्व संकलन गरेको महानगरको आम्दानी यो वर्षको ५ महिनामा घटेर ३ करोड ६३ लाखमा झरेको छ । 

    यो वर्षको ५ महिनामा पर्यटन दस्तुर भने उल्लेख्य रुपमा बढेको छ । नेपालमा हुने पर्यटन आगमन उच्च रुपमा बढेसँगै महानगरको आम्दानी समेत बढेर ६६ लाखबाट बढेर १ करोड ४५ लाख रुपैयाँ पुगेको छ । यद्यपि अन्य क्षेत्रको राजश्व गिरावटको प्रभावले यो शीर्षकमा आम्दानी वृद्धिका बाबजुद सकारात्मक असर भने देखिएको छैन । 


    images
    images

    Logo