images
images

घरजग्गा मेलामा एउटा घर किन्दा ३० लाखसम्मको छुट


  • 330
    SHARES
  • २०८० पौष १४ गते शनिबार

    घरजग्गा मेलामा एउटा घर किन्दा ३० लाखसम्मको छुट

    काठमाडौं । भृकुटीमण्डप सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताहरुले उल्लेख्य उपस्थिति जनाएका छन् । लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताहरुको उपस्थिति मेलामा उल्लेख्य रहेको हो । मेला कोरोना भाइरस लगायतका कारण लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन । 

    लामो समय घरजग्गाको कारोबार भौतिक रुपबाट बुझ्न र गर्न नपाएको उपभोक्ता र व्यवसायीहरु मेलामा उल्लेख्य रुपमा प्रश्तुत भएका छन् । मेलामा उपभोक्ताहरु आकर्षक छुट र गुणस्तरीय घर तथा जग्गाको कारोबारमा लोभिएका छन् । मेलामा स्टल राखेर उपभोक्ताहरुलाई जानकारी र आफ्ना सामग्री बिक्री गरिरहेका छन् । मेलामा रहेका सिडी डेभलपर्स, रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा।लि।, ग्रिन हिल सिटी, ग्रिन सिटी नेपाल, सिजी प्रपर्टी रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना प्रपर्टीहरु राखेका छन् ।

    सिडी डेभलपर्सले मेलामा एउटा घरको २५ लाखसम्मको छुट दिएको छ । डेभलपर्सका निर्देशक दीपक कुवँरले आवास आकृति कोलोनी भने एउटा घर किन्दा ३० लाखसम्मको छुट मेलामा आउने र किन्ने उपभोक्ताहरुलाई दिइएको बताए। आवास कोलोनी भनेर टोखामा नयाँ प्रोजेक्ट बनाइरहेको र सो कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट दिएको बताए।

    उनले भने, ‘व्यवस्थित बसोवासका लागि अवधारणामा जुन कन्स्ट्रक्शन गरिरहेका छौँ, यो प्ल्याटफर्मबाट विभिन्न रेन्जका घरहरु, अपार्टमेण्टहरु, जग्गाहरु र त्यसको एउटा क्वालिटी र व्यवस्थित बसोवास बनेको चिजहरु यहाँ प्रश्तुत गरेका छौँ । हाम्रो अहिले डिस्काउण्ट गरेका छौँ । अहिले घरजग्गा अहिले अलिकति मन्दी भएको कारणले गर्दा सबैलाई यो एउटा कन्फिडेन्स गर्नको लागि डिमाण्ड पनि छ ।  

    यो प्ल्याटफर्ममा एउटा डिस्काउण्टसहितको प्रोजेक्टहरु हामीले राखिरहेका छौँ । नयाँ प्रोजेक्टमा हाम्रो आवास आकृति कोलोनी भन्ने छ । यसमा नियो क्लासिकल घरहरु छ । एउटा घर किन्दा ३० लाखसम्मको डिस्काउन्ट राखेका छौँ । आवास कोलोनी भनेर टोखामा नयाँ प्रोजेक्ट बनिरहेको छ । त्यहाँ एउटा घरको २५ लाखसम्म छुट दिएका छौँ ।’

    यता, रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा।लि।ले हेटौँडा, विराटनगरदेखि नगरकोटसम्म जग्गा र नगरकोट ड्रिम सिटीको योजना अघि सारेको छ । यो व्यवस्थित र अहिलेको मापदण्डअनुसार खुला क्षेत्रसहित राखेर खुला क्षेत्रमा पनि कम्युनिटी हल गार्डेनसहित बनाउने काम भइरहेको प्रा.लि.का अध्यक्ष ध्रुव घिमिरेले बताए। उनले हेटौंडामा पनि ड्रिम सिटी बनाइरहेको र हेटौँडाको १० धुरमा बनेका घरको मूल्य एक करोडसम्म पर्ने बताए। नगरकोटको काम शुरु भएको ६ महिना भएको र सो अवधिमा अहिले सबै काम सकिसकेर बाटोको रेखांकनको काम भइरहेको बताए।

    उनले भने, ‘हाम्रो स्टलमा घडेरी बेच्ने काम मात्रै भइरहेको छ । हेटौँडा, विराटनगरदेखि नगरकोटसम्म छ । विशेष फोकस नगरकोट ड्रिम सिटी भनेर प्लानिङ गरिरहेका छौँ । यो व्यवस्थित र अहिलेको मापदण्डअनुसार खुला क्षेत्रसहित राखेर खुला क्षेत्रमा पनि कम्युनिटी हल गार्डेनसहित बनाएर गरिरहेका छौँ । त्यस्तै हामीले हेटौँडामा पनि बनाएका छौँ । हेटौँमा भइसकेकै छ । यहाँ निर्माणाधीन छ । विराटनगरमा पनि काम शुरु भइसकेको छ । नगरकोटको काम शुरु भएको ६ महिना भयो, बाटोको रेखांकनको काम भइरहेको छ । ४१ रोपनी क्षेत्रफलमा फैलिएको छ । हेटौँडामा १० धुरमा बनेका घरको १ करोड रहेको छ ।’

    त्यस्तै, ग्रिन हिल सिटीका अध्यक्ष भेषराज लोहनी, ग्रिन हिल सिटीले अहिले मुलपानीमा ग्रिन हिलसिटी भनेर नेपालकै एउटा ठूलो आयोजना सञ्चालन गरिरहेको बताउँछन्। यसमा ८ सय वटा घरमध्ये करिब १३ वटा घरहरु मात्रै बन्न बाँकी रहेका छन्। नयाँ प्रोजेक्टको रुपमा भक्तपुरमा सिपाडोलमा सूर्यविनायक कोलोनी रहेको र जसमा करिव ५५ रोपनीमा १५० वटा घरहरु बनाउने योजना रहेको बताए। उनले एउटा युनिट बुक भएको खण्डमा १० लाखसम्मको छुट दिएको बताए। आफ्नो कम्पनीले बनाएका साढे दुई तलाका घरहरु दुई हजारदेखि तीन हजार स्क्वायरफिटका घर दुई करोडदेखि ५ करोडसम्म पर्ने बताए। एक्स्पोको सहभागिता उत्सहजनक रहेको बताए।

    उनले भने, ‘अहिले हामीसँग मुलपानीमा ग्रिन हिलसिटी भनेर नेपालकै एउटा ठूलो आयोजना सञ्चालन गरिरहेका छौँ । त्यसमा ८ सय वटा घरमध्ये करिव १३ वटा युनिटहरु घर बाँकी छन् । नयाँ प्रोजेक्टको रुपमा भक्तपुरमा सिपाडोलमा सूर्यविनायक कोलोनी भनेर निकट भविष्यमा प्रोजेक्ट ल्याउँदैछौँ । जसमा करिव ५५ रोपनीमा १५० वटा घरहरु आउने क्रममा छ । ग्रिन हिल सिटी करिव हामीले २२ वर्ष अघिदेखि शुरु गरेको हो । यसले बालकोटमा रोज भिलेजको रुपमा फस्र्ट प्रोजेक्ट गरेको थियो । दोस्रो ललितपुरको इमाडोलमा बनाएका थियौँ । तेस्रो काठमाडौंको धुम्बाराहीमा बनाएका थियौँ । यी सबै सकिसकेका छाँै । एउटा युनिट बुक भएको खण्डमा १० लाखसम्मको अफर दिएका छौँ । एक्स्पो ४ दिने शुरु भएको छ, हिजोदेखिको सहभागिता उत्सहजनक छ, यहाँ आएर जानकारी लिन राम्रोसँग रुची देखिएको छ । साढे दुई तलाको घर ४ बेडरुम किचन, डाइनिङहरु छन् । साढे दुई तलाका घरहरु दुई हजारदेखि तीन हजार स्क्वायरफिटका घर दुई करोडदेखि ५ करोडसम्म पर्छ ।’

    त्यस्तै ग्रिन सिटी नेपालले पनि साढे दुई तलाको घर ५० लाखमा बनाएर दिने योजनाअनुसार सुनसरीस्थित इनरुवामा स्मार्ट सिटी बनाइरहेको जनाएको छ। ग्रिन सिटी नेपालका डिजिटल मार्केटिङ हेड विनुप कपालीले ग्रिन सिटी ५५ बिगाहमा फैलिएको बताए। सिटीमा हस्पिटल, कलेज, फनपार्कहरुको सुविधा रहेको बताए। २ वर्षभित्रमा नेपालकै नमूना स्मार्ट सिटी बनाउने तयारीअनुसार काम गरिरहेको बताए।

    उनले भने, ‘हाम्रो ग्रिन सिटी ५५ बिगाहमा फैलिएको छ । सुनसरीस्थित इनरुवामा बनेको छ । ग्रिन सिटीलाई स्मार्ट सिटी भनेर ग्रहण गरिरहेका छौँ । ग्रिन सिटी भित्र हस्पिटल, कलेज, फनपार्कहरु छ । २ वर्षभित्रमा नेपालकै नमूना स्मार्ट सिटी बनाउने तयारी गरिरहेका छौँ। ग्रिनसिटी भित्र तपाईलाई चाहिने जतिपनि लेटेस्ट टेक्नोलोजी छ, त्यो पाउनुहुन्छ । साढे दुई तलाको घर ५० लाखमा बनाएर दिने भन्ने योजना छ ।’

    त्यस्तै सिजी प्रपर्टी रियल स्टेटले एक करोड ९५ लाखदेखि १३ करोडसम्मको घरहरु ल्याएको छ । कम्पनीसँग सुविधासम्पन्न घरहरु भएको बताउँछिन् स्टेटकी सिनियर म्यानेजर शारदा प्रसाईं । उनले भैँसेपाटी, सुनाकोटी, धापाखेल र पनौतिमा ४ वटा प्रोजेक्ट बनिरहेको बताउनु भयो । स्टलमा आएर बुकिङ गर्दा ५ प्रतिशत डिस्काउण्ट राखेको बताइन्।

    उनले भनिन, ‘अहिले हाम्रो जतिपनि प्रोजेक्टहरु रनिङ भइरहेको छ, ४ वटा प्रोजेक्ट रनिङ भइरहेको छ । मिडियमदेखि हाइ लेभलसम्मको प्रपटीहरु हामीसँग रेडि छ । यो स्टल राख्नुको कारण हामीले भैँसेपाटी, सुनाकोटी, धापाखेल र पनौतिमा रनिङ भइरहेको छ । स्टलमा आएर बुकिङ गर्दा ५ प्रतिशत डिस्काउण्ट राखेका छाँै । एक करोड ९५ लाखदेखि १३ करोडसम्मको घरहरु छन् ।’

    यता पद्य ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक सुवास शर्माले मेलामा आएर बुक गर्ने उपभोक्ताहरुलाई कम्युनिटी चार्ज छुट दिइरहेको बताए। उनले पद्य रेसिडेन्सी भनेर डाँडापौवामा कम्पनीले सञ्चालन गर्न गइरहेको र अपार्टमेण्ट २३ तलाको हुने बताए। उनले फर्स्ट वान बिएचकेलाई ६० लाख, टु बिएचकेलाई ८५ लाख,थ्रि बिएचकेलाई ९९ लाखमा र फोर्थ बिएचकेलाई १ करोड १५ लाखसम्म मूल्य निर्धारण गरिएको बताए।

    उनले भने, ‘अरु भन्दा फरक के छ भने हामी जग्गा पनि बेच्छौँ, हामीसँग घरको भेराइटीहरु पनि छ । अपार्टमेण्टमा पनि भेराइटी छ, दुई वटा अपार्टमेण्ट गरिरहेका छौँ, दुई वटा हाउजिङमा लागेका छौँ । कस्टमरको च्वाइसलाई फुलफिल गर्नसक्छौँ । ठूलो भर्‍याङमा  १० तलाको अपार्टमेण्ट छ, पद्य आइकोनिक टावर भनेर । त्यसमा अहिले हामीले बुक गर्दा कम्युनिटी चार्ज छुट दिइरहेका छौँ । पद्य रेसिडेन्सी भनेर डाँडापौवामा हामी लञ्च गर्न लागिरहेका छौँ । त्यो ९६६ वटा अपार्टमेण्ट प्लान गरिरहेका छौँ, २३ तलाको हुन्छ । फर्स्ट वान बिएचकेलाई ६० लाख, टु बिएचकेलाई ८५ लाख,थ्रि बिएचकेलाई ९९ लाखमा र फोर्थ बिएचकेलाई १ करोड १५ लाखसम्म छ । हिजोसम्म घर जग्गा कारोबार छैन भन्ने थियो भने आज यस्तो छ भन्ने भयो।’

    यता, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेलामा उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको बताए। उनले अवलोकन कर्ताहरु भन्दा बढी उपभोक्ताहरु मेलामा आएको बताए। मेला लामो समयपछि सञ्चालन भएकाले उपभोक्ताहरुको उपस्थिति बढेको उनको भनाइ छ ।

    उनले भने, ‘मेला भव्य र सभ्य भइरहेको छ । भिजिरटरहरु पनि धेरै नै हुनुहुन्छ । उपभोक्ता धेरै आउनुभएको छ । घरजग्गा मेला एउटा अवसर हो । यहाँ क्रेता र बिक्रेता एकै ठाउँमा हुन्छन् । सिधा कन्ट्याक्ट हुन्छ, चाहेको घर जग्गा किन्न सक्नुहुन्छ । घरमा उपभोग गर्ने सबैकुराहरु छन् ।’

    अध्यक्ष धमलाले मेलाबाट सुलभ र राम्रो मूल्यमा घरजग्गाको कारोबार गर्न सकिने स्पष्ट पारे।


    images
    images

    Logo