images
images

थप ७२ नेपाली अफगानिस्तानबाट स्वदेश फिर्ता


  • 476
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    थप ७२ नेपाली अफगानिस्तानबाट स्वदेश फिर्ता

    काठमाडाै‌ । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । 

    अफगानिस्तानबाट लण्डन पु¥याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । “उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ”, उनले भने ।

    मङ्गलबार दुई चरणमा गरी २सय ५ व्यक्तिलाई काठमाडौँ ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो १सय १८जना र राति ८७ जना  नेपाली स्वदेश फर्किएका थिए ।


    images
    images

    Logo