काठमाडौं । लोककल्याणकारी विज्ञापनको बिलिङ अब हुलाक कार्यालयबाट गर्न सकिने भएको छ ।
प्रेस काउन्सिल नेपालको वर्गीकरणमा परी विज्ञापन बोर्डबाट विज्ञापन प्राप्त गरेका पत्रपत्रिकाले जिल्ला हुलाक कार्यालयबाटै बिल पेश गर्न सक्नेछन् ।
यसअघि यस्तो बिल पेश गर्न सुचना विभाग वा सञ्चार रजिष्टारको कार्यालयमार्फत् बिल पेश गर्नुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्थापछि स्थानीयस्तरमा सञ्चालित पत्रपत्रिकाहरुलाई सजिलो हुनेभएको छ ।
प्रेस काउन्सिल नेपालको पहलपछि विज्ञापन बोर्डले हुलाक कार्यालयबाटै बिल पेश गर्ने व्यवस्था भएको हो ।