images
images

आयात र निर्यात दुवै घट्यो, व्यापार घाटा पौने ६ खर्ब नाघ्यो


  • 416
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    आयात र निर्यात दुवै घट्यो, व्यापार घाटा पौने ६ खर्ब नाघ्यो

    काठमाडौं । चालु आर्थिक बर्षको २०८०/८१ को मसिंरमा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार मंसिरमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको आयात भएको छ भने ६३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात ३.३९ प्रतिशत र निर्यात ६.०९ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको सोही अवधिमा आयात ६ खर्ब ६४ अर्ब रुपैयाँ भएको थियो भने ६७ अर्ब ३० करोड बराबरको निर्यात गरेको थियो । 

    आयात र निर्यातसँगै व्यापार घाटामा समेत गिरावट आएको छ । विभागका अनुसार व्यापार घाटा ३.०९  प्रतिशतले घटेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को मंसिरमा ५ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ भने गत बर्षको सोही अवधिमा ५ खर्ब ९७ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो । 

    यस अवधिमा आयात निर्यात अनुपात २.८४ प्रतिशतले बढेको छ ।  


    images
    images

    Logo