काठमाडौं । तोकिएको शर्त पूरा नगरेको भन्दै सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएमा ५ ठेकेदार कम्पनीलाई प्रष्टीकरण सोधिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दैलेखको बेलपूरा कन्स्ट्रक्सन, नुवाकोटको जि.के. कन्स्ट्रक्सन, रेहान एण्ड सुन्धारा जेभी, ललितपुरमो साथीभाइ निर्माण सेवा, जनकपुरको लर्ड शिवा जेनेरल सप्लायर्स तथा बावेश्वरको लार्ज बास्केट नामक कम्पनीसँग लिखित प्रष्टीकरण सोधिएको हो ।
ती कम्पनीहरुलाई ३० दिनभित्र यस्तो प्रष्टीकरण बुझाउन भनिएको छ । प्रष्टीकरण नबुझाए वा बुझाएर पनि चित्तबुझ्दो जबाफ नआए कार्यालयहरुले ती संस्थालाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्न सक्नेछन् ।
