काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले एकमुष्ट एक करोड रुपैयाँ राहत निकासा दिएको छ ।
अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को असोज २२ गतेको निर्णय अनुसार घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरूप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता रकम निकासा भएको हो ।
यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ । गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्यासित आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो । गाजाको किब्बुज भन्ने स्थानको आलुमिम फार्ममा प्रशिक्षणका लागि पुगेका नेपालीहरु हमासको आक्रमणमा परेर निधन भएको थियो ।