काठमाडौँ । नेपाल बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको नियुक्ति बिरुद्ध सर्वोच्चमा रिट परेको छ । प्राधिकरणका पुर्व निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्ति बदर गरिपाउँ भनेर रिट दिएका छन् ।
शाक्यले पदाधिकारीबाट हटाएको आधिकारिक पत्र नपाएको र संविधानसम्मत कुलमानको नियुक्ति नभएको भन्दै रिट हालेका हुन् ।
उनले आफुलाई प्राधिकरणको निर्देशकमा कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।