images
images

बुद्ध एयरको हवाई उडानले जोड्यो देशका प्रमुख पर्यटकीय गन्तव्य


  • 595
    SHARES
  • २०७८ श्रावण ३२ गते सोमबार

    बुद्ध एयरको हवाई उडानले जोड्यो देशका प्रमुख पर्यटकीय गन्तव्य

    काठमाडौँ । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । आइतबारदेखि बुद्ध एयरको भरतपुर–भैरहवा उडान शुरु भएसँगै चारै गन्तव्य जोडिएको हो । 
     
    बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर– काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन दिन  आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उनले जानकारी दिए । बस्नेतले भने, “पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।” यससँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उनको भनाइ छ ।


    images
    images

    Logo