images
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ ?


  • 743
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ ?

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको ३/३ रुपैयाँले मूल्य घटाएको हो । 

    अब काठमाडौंमा पेट्रोलको मूल्य १६७, डिजेल र मट्टितेलको १५७ रुपैयाँ भएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । 

    नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा पर्नेछ ।

    डिजेल तथा मट्टितेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ डिजेल तथा मट्टितेल लिटरको १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

    प्रेस-2080.08.29-2023.12.15_page-0001.jpg


    images
    images

    Logo