दक्षिणी छिमेकी भारतले गएको शनिबारबाट लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । तरकारी, खाद्यवस्तुुमा छिमेकी मुुलुुक भारतसँग निर्भर रहेको नेपालमा भारतको प्रतिबन्धको फाइदा यहाँका सीमित र बिचौलियाले लिएका छन् ।भारतले नेपालसहित अन्य देशमा प्याज निर्यात नगर्ने भन्दै सूचना जारी गरेपछि त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण नेपालीको भान्सामा देखिएको छ । भारत सरकारको निर्णयलगत्तै नेपाली बजारमा प्याजको भाउ महँगिएको छ ।
गएको शनिबारदेखि नै बजारमा प्याजको मूल्य मनलाग्दी छ । खुुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १७० रुपियाँमा मुुस्किलले किन्न पाइन्छ । त्यो पनि फाट्टफुट्ट केही पसलमा मात्रै पाइन्छ । अधिकांश पसलले राख्न छोडिसकेका छन् । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बिहीबार एक राजपत्र प्रकाशित गर्दै चालु डिसेम्बरको अन्तिमसम्म प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै शनिबारबाट लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको थियो ।
भारतले आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भारतमा निर्भर प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको अभाव हुुनुु स्वाभाविक भएको जनाएको छ । सो समितिका सूचना अधिकारी विनय श्रेष्ठले भारतले प्याज निर्यातमा रोक लगाएसँगै उपत्यकाको बजारमा अभाव देखिएको बताए । उनका अनुसार मङ्सिर १६ गते प्रतिकेजी ८५/९० रुपैयाँमा बिक्री भएको प्याज अहिले बढेर थोकमै १५० रुपैयाँ पुगेको छ । त्यो पनि राम्रो देखिँदैन, उम्रिएको, बाहिरी बोक्रा कुहिएको छ ।
कालीमाटी समितिका अनुसार बजारमा गएको शनिबारदेखि बजारमा प्याज कम आउन थालेको छ । सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक एक सयदेखि १२० मेट्रिक टन आउने गरेकोमा शनिबारयता २०/२५ मेट्रिक टनका दरले आइरहेको समितिले जनाएको छ । यो दर दिनहुँ घट्दो छ । आयात कम हुुनेबित्तिकै माग बढी हुुन्छ, त्यसको भाउ बढ्नु स्वाभाविक भएको समितिका सूचना अधिकारी श्रेष्ठको भनाइ छ । यता आलुु तथा प्याज आयात गर्ने व्यापारी भने नेपालमा उत्पादन हुँदैन, भारतले प्रतिबन्ध लगाएको छ तर पनि बजारमा महँगोमा चोरीको प्याज बिक्री भइरहेको छ । नेपाल कृषि उपज आलु, प्याज तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेल बजारमा चोरीको प्याज आउँदा बिचौलिया व्यापारीलाई फाइदा भए पनि उपभोक्ता, दर्ता भएका व्यवसायी र सरकारलाई भने ठुलो नोक्सान भएको बताउँछन् ।
नेपाल सरकारले भारत सरकारसँग चामल जस्तै गरी प्याजको समेत कोटा निर्धारण गरेर आयात गर्ने व्यवस्था नगर्ने हो भने बजारमा बिचौलिया व्यापार फस्टाउने तर उपभोक्ता झनै मारमा पर्ने निश्चित भएको उनको भनाइ छ । दक्षिणतर्फ पर्ने देश भारतबाट प्याज आयात रोकिएपछि उत्तरतर्फ पर्ने चीनबाट प्याज ल्याउने विषयमा चर्चा सुुनिन थालेको छ । कालीमाटीका व्यापारी भने भारतसँग जस्तो चीनका व्यापारीसँग सम्पर्क छैन, त्यसैले पनि सहज नहुुने बताउँछन् । कालीमाटीका सूचना अधिकारी विनय श्रेष्ठले भारतबाट जस्तो चीनबाट प्याज आयात गर्न सहज नभएको बताए ।
चीनबाट पनि प्याज आयात गर्न नसकिने त होइन तर प्याज आउनै समय लाग्ने बताउँदै उनले भने, “चीनमा व्यापारिक सम्बन्ध पनि स्थापना गर्नु प¥यो । कानुनी प्रव्रिmया झन्झटिलो छ । सजिलो छैन, समय लाग्छ ।”गएको शुव्रmबार आन्तरिक राजस्व विभागले स्वदेशी प्याज तथा आलुमा भ्याट नलाग्ने स्पष्ट पारेसँगै अहिले आलुको आपूर्ति सहज भएको छ । आउन नसक्ने सामानलाई बजार ल्याएर बेच्दा अलिकति महँगो त पर्ने नै भयो,” उनले भने, “राष्ट्रियस्तरबाट पनि केही पहल हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । एक÷दुई दिनमा सरकारको निर्णय पनि आउला ।”
उनका अनुसार नेपालले पनि कुन वैकल्पिक माध्यमबाट ल्याउन सकिन्छ वा अफ्रिकाबाट लिएर आउने भन्ने योजना बनिरहेको छ । प्याज नाशवान् वस्तु भएकाले ल्याइहाल्न पनि समस्या छ । चालु आर्थिक वर्ष २०८/८१ को चार महिनामा भारत र चीनबाट दुुई करोड २२ लाख ८२ हजार रुपैयाँ बराबरको एक लाख २० हजार ७८४ केजी सुक्खा प्याज आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । त्यस्तै गत आव २०७९/८० मा ११ करोड ७४ लाख चार हजार रुपैयाँ १३ लाख २८ हजार ६११ किलो प्याज आयात भएको थियो ।



