संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीभट्टराईले जानकारी दिइन्।
गौतमले गत आइतबार राष्ट्रपति कार्यालयलाई राजीनामा बुझाएका थिए।
उनको राजीनामासँगै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभा सचिवपदमप्रसाद पाण्डेयलाई महासचिव बनाउन सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।