काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) आज बन्द हुने भएको छ । कम्पनीले २७ गतेदेखि ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर बिक्री खुला गरेकोमा तोकिएको समयमा मागभन्दा धेरै आवेदन परेपछि आजदेखि आवेदन बन्द हुन लागेको हो ।
आजको बैंकिङ समयपछि शेयर निष्कासन बन्द हुने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ ।