सुन तस्करले तस्करीमा नयाँ नयाँ शैली प्रयोग गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लोपटक पक्राउ गरेको ६ किलो सुन तरल अवस्थामा भेट्टाएको हो । पछिल्लो समय सुन तरल वा धुलो बनाएर तथा कसापभित्र समेत लुकाएर ल्याउने गरिएको छ ।
त्रिभुवन विमानस्थलका प्रमुख टोकराज पाण्डेले हालै मात्रै १४ र साढे ६ केजी गरी साढे २० केजी सुन बरामद गरिएको जानकारी दिए । उनले ती सुनहरु विभिन्न स्वरुपमा आएको पाइएको जानकारी दिए । उनले सुन तस्करीको जालो भत्काउन प्रयासरत रहे पनि यो निकै चुनौतीपूर्ण रहेको बताए ।
हाल सुन तस्करीमा राजनीतिक नेतृत्वदेखि उच्च चहको कर्मचारीसमेतको सेटिङ रहेको विमानस्थलका कर्मचारीहरु बताउँछन् ।