images
images

दिल्लीको विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई संस्कृतमा स्वर्णपदक


  • 2.0K
    SHARES
  • २०८० मंसिर २४ गते आइतबार

    दिल्लीको विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई संस्कृतमा स्वर्णपदक

    काठमाडौं । भारतको नयाँ दिल्लीमा रहेको लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयमा एक नेपाली विद्यार्थीले स्वर्णपदक पाएका छन् । भारतको नयाँ दिल्लीमा राष्ट्रपति द्रौपदी मुर्मीले उद्घाटन गरेको दीक्षान्त समारोहमा पर्वतका रामचन्द्र रेग्मीले स्वर्णपदक पाएका हुन् । उनले स्ननातक तहमा सर्वाधिक अंक ल्याएर प्रथम भएका थिए ।

    भारतको दिल्लीमा बसेर पाणिनीय व्याकरण शास्त्रमा पूर्व मध्यमा (नौ र दश), उत्तरमध्यमा (११ र १२) पास गरेर दिल्लीस्थित श्रीलालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयबाट शास्त्री (स्नातकोत्त) मा सर्वाधिक अंक प्राप्त गरेका हुन् ।

    रेग्मीले २०१८ मा भारतका पूर्व राष्ट्रपति श्रीरामनाथ कोविन्दको हातबाट पनि गोल्ड पदक प्राप्त गरेका थिए ।


    images
    images

    Logo