images
images

मौद्रिक नीतिमा नेपाल उद्योग परिसंघले देखेका ७ कमजोरी


  • 406
    SHARES
  • २०७८ श्रावण ३० गते शनिबार

    मौद्रिक नीतिमा नेपाल उद्योग परिसंघले देखेका ७ कमजोरी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई नेपाल उद्योग परिसंघले समग्रमा सकारात्मक भनेको छ । मौद्रिक नीतिमार्फत् गरिएका एक दर्जन भन्दा बढी व्यवस्थाबारे उल्लेख गर्दै परिसंघले यी विषयलाई समावेश गरेकोमा परिसंघले  गभर्नर महाप्रसाद अधिकारी र राष्ट्र बैंकलाई धन्यवाद समेत दिएको छ । 

    खासगरी साना तथा मझौला उद्योगी व्यवसायी, कोभिड प्रभावित उद्योगी व्यवसायी एवं बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा गरेका व्यवस्थाहरुलाई परिसंघले सकारात्मक रुपमा लिएको छ । तर, राष्ट्र बैंकले पुँजीबजार तथा ठूला व्यवसायीप्रति लिएको नीतिबारे परिसंघको असन्तुष्टि छ । 

    त्यसबाहेक मौद्रिक नीतिको सुझावका क्रममा दिएका केही सुझाव विषयहरु राष्ट्र बैंकले नसमेटेको समेत परिसंघले जनाएको छ ।

    यस्ता छन्, परिसंघका असन्तुष्टि

    १. ठूला उद्योगी व्यवसायीको समस्या सम्बोधन भएन । 
    २. पुँजी बजारलाई प्रभावित हुने बजेट आयो । ठूला लगानीकर्तामाथि अन्याय भयो । 
    ३. निजी क्षेत्रको कर्जा १९ प्रतिशत मात्रै बढेर आर्थिक पुनरोत्थान सम्भव छैन । 
    ४. मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्न चुनौतीपूर्ण छ । 
    ५. पुनरकर्जाको सीमाबारे दिएको सुझाव समेटिएन ।
    ६. स्टार्टअपलाई विनाधितो ऋण दिने व्यवस्था भएन । 
    ७. हायर पर्चेज कर्जा उपलब्ध गराउनेलाई कर्जा सूचना केन्द्रको सदस्यता दिने सुझाव कार्यान्वयन भएन । 


    images
    images

    Logo