images
images

एमालेकै नेतृत्वको लेखा समितिले फेरि किन उजिल्यायो ओम्नी प्रकरण ?


  • 328
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    एमालेकै नेतृत्वको लेखा समितिले फेरि किन उजिल्यायो ओम्नी प्रकरण ?

    काठमाडौं । कोरोना महामारीको समयमा राहत सामाग्रीमा भएको घोटालाको सन्दर्भमा सार्वजनिक लेखा समितिले फेरि छानबिन थाल्ने भएको छ । तात्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा भएको भनिएको भ्रष्टाचारको सम्बन्धमा तात्कलिन प्रतिपक्षी दल नेपाली काँग्रेसका संसद भरत शाह नेतृत्वको समितिले टुंग्याउन नसकेर छाडेको प्रकरण करिब ३ वर्षपछि व्युँताइएको हो ।  

    समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक साताअघि पत्र लेखेर कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको विवरण माग गरेको सचिव एकराम गिरीले जानकारी दिए ।

    त्यही बेला सरकारले आवश्यक स्वास्थ्य उपकरण चीनबाट खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गरेको थियो । तर विना प्रतिस्पर्धा ओम्नीलाई जिम्मा दिएको र सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध भएको थियो । 

    प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा लेखा समितिले कागजपत्र मगाएर यो विषयमा छलफलसमेत गरेको थियो । तर टुंगोमा पुगेको थिएन । अहिले सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल छन् । प्रकरणमा आरोपितहरु समेत एमालेकै नेताहरु छन् । 


    images
    images

    Logo