काठमाडौँ । अस्पताल नभएका स्थानिय तहमा अस्पताल बनाउन बैंकले सहज कर्जा उपलब्ध गराउने भएको छ । शुक्रबार आएको मौद्रिक नितीले स्थानिय तहमा १०० बेडको अस्पताल निर्माणको लागि बैंक वित्तीय संस्थाबाट सहज कर्जा प्रवाहको ब्यबस्था गरेको हो ।
शुक्रबार मौद्रिक निति सार्वजनिक गर्दै राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अस्पताल नभएका स्थानीय तहमा १०० बेड सम्मको अस्पताल निर्माणको लागि सहज कर्जा प्रवाह गरिने बताए ।