images
images

धादिङ र नुवाकोटको दिन फर्कियो, अब काठमाडौंमा घर चाहिँदैन : अर्थमन्त्री


  • 358
    SHARES
  • २०८० मंसिर १६ गते शनिबार

    धादिङ र नुवाकोटको दिन फर्कियो, अब काठमाडौंमा घर चाहिँदैन : अर्थमन्त्री

    नुवाकोट अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन् शनिबारपन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘काठमाडौं बजार हो, नजिक , त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि

    राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाईतयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो’, उनले भने, ‘त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे पढ्ने लेख्ने कामलाईप्राथमिकता दिए तर काठमाडौं वरिपरिकाको आम्दानीको मूल श्रोत जग्गा जमिन थियो

    उनले भने, ‘काठमाडौंमा राणाहरुको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरुले चाकरी गरेवापत पुरस्कारका रुपमाजमिन माग्थे उब्जनी सहजै काठमाडौं पु¥याउन सक्ने ठाउँको जमिन उनीहरु माग्थे काठमाडौंसँग जोडिएको उब्जाउ जमिननुवाकोट हो काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरु धेरै भए

    काभ्रे, धादिङ नुवाकोटका जनता प्रशस्त उब्जानी गर्ने ठूलो हिस्सा काठमाडौं पु¥याउने काममा केन्द्रित रहे शिक्षाको विकासविशेषतः ०४६ पछि मात्र गति लिएको होमन्त्री डा. महतले भन्नुभयो, ‘काठमाडौंको नजिक शासकको नजरमा परेर हिजोनुवकोटका जनता रैती बनेका थिए

    मन्त्री डा. महतले भने, अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ काठमाडौंछहरे सुरुङ मार्गको काम हामीलेगरिरहेका छौं एक अर्ब बजेट पनि राखेका छौं, सुरुङमार्ग जटिल काम हो यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारीसकिएपछि मात्र काम अघि बढ्छ तर तयारीको काम देखिँदैन

    यहाँकै प्रकाश महत अर्थमन्त्री भयो, बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको खोइ भन्ने तपाईंहरुलाई लाग्न सक्छ साबेल डोजर लगेर प्वाल पार्न मिल्दैन, उनले भने, ‘त्यसका लागि भौर्गविक अध्ययन चाहिन्छ यसका लागि हामीले चिनियाँ सरकारसँगअनुरोध गरेका छौं   उहाँहरुले प्रारम्भिक अध्ययन गर्न गर्नुहुनेछ उहाँहरुले सम्भावित दुई तीनवटा विकल्प दिनुहुनेछ

    अर्थमन्त्री डा. महतले अध्ययन सम्पन्न भएपछि काठमाडौंछहरे सुरुङमार्ग निर्माण प्रकृया अघि बढ्ने बताए चार महिनामाअध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका बताए त्यसपछि चीन सरकारले थप विकल्पहरु दिनेछ त्यसपछि सुरुङ मार्गकोप्रकृया अगाडि बढ्छ

    वातावरण अध्ययन नेपाल सरकारले गरेपछि हामीले अन्तिम अध्ययन गरेर काम अगाडि बढाउँछौं एकले अर्कोलाई देखाउने हाम्रोप्रशासन संयन्त्र यही, तर यसमा लागिरहेको छुउनले भने, ‘सुरुङ मार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नु पर्दैन एक घन्टाको बाटो १० मिनेटमा पुगिन्छ काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ यसले बसाइसराइ रोक्छ

    मन्त्री डा. महतले भने, यस केन्द्रमा स्थापना गरिएको स्वास्थ्य चौकीले सम्पूर्ण सुविधा विस्तार गर्दै सेवा प्रदान गर्न सकोस् भन्नेशुभकामना दिए अहिले धेरै सुविधा दिन सकेको छैन, आउने दिनमा डाक्टर स्वास्थ्य सहायकको दरबन्दीको व्यवस्था गर्नेतिरलाग्नुपर्छ

    उनले भनु, ‘सुत्केरी सुविधालगायत अन्य समस्याको स्वास्थ्य जाँच पनि यही उपलब्ध भयो भने सानातिना समस्याका लागिउपचार गर्न बाहिर जान पर्दैन स्वास्थ्य, शिक्षा पूर्वाधार चाहेर पनि एकैपटक गर्न सकिँदैन उपलब्ध साधनस्रोतको भरपूर उपयोगगरेर आवश्यकतालाई केन्द्रविन्दूमा राखेर बजेट विनियोजन गर्नेतर्फ सरकार केन्द्रित


    images
    images

    Logo