images
images

काउन्सिलले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने


  • 373
    SHARES
  • २०७८ श्रावण २९ गते शुक्रबार

    काउन्सिलले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने भएको छ । शुक्रबार सुचना जारी गर्दै प्रेस काउन्सिलले आपसमा मिल्दाजुल्दा नाम (domain name) भएका सुचीकरण हुन आउने नयाँ न्युजपोर्टल सुचीकरण नगर्ने भएको हो ।

    नयाँ दर्ता हुन आउने न्युजपोर्टलले चलेका मिडियाको नामको अगाडि पछाडि अङक वा अक्षर थपेर आउने क्रम बढेको छ । उक्त बिषयमाथि चर्चित मिडियाले बारम्बार उजुरी गरिरहेको काउन्सिलले जनाएको छ ।

    काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको साउन १८ गते बसेको बैठकले चर्चित मिडियालाई आधार बनाई अगाडि वा पछाडि अङक वा अक्षर जोडी डोमेन दर्ता गराई मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सुचीकरण हुन आएमा त्यस्ता न्युजपोर्टललाई सुचीकरण नगर्ने निर्णय गरेको थियो ।

    पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवम् निरिक्षण र अभिलेखिकरणका लागि प्रेस काउन्सिलले न्युजपोर्टल सुचीकरण गर्दै आएको छ । हाल काउन्सिलमा २ हजार ८ सय ३० न्युजपोर्टल सुचीकरण भएका छन् ।

    press.jpg


    images
    images

    Logo