images
images

विदेश जान मेडिकल गर्ने कम्पनीलाई नवीकरण गर्न निर्देशन


  • 262
    SHARES
  • २०८० मंसिर १६ गते शनिबार

    विदेश जान मेडिकल गर्ने कम्पनीलाई नवीकरण गर्न निर्देशन

    काठमाडौं । विदेश जान मेडिकल गर्ने कम्पनीलाई सूचीकरण नविकरण गर्न निर्देशन दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना प्रकाशित गर्दै सूचीकरण नवीकरणका लागि निवेदन पेश गर्न अनुरोध गरेको हो ।

    वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सूचीकृत स्वास्थ्य संस्थाहरुले सूचीकरण नविकरण गर्नुपर्ने कानुनी व्यवस्था  नै रहेका कारण मन्त्रालयले नवीकरणका लागि सूचित गरेको हो । 

    सूचीकृत भएका संस्थाले नवीकरण भएको मितिदेखि तेस्रो वर्षको पौष १ देखि पौष मसान्तसम्म १५ हजार रुपैयाँ नवीकरण दस्तुर बुझाइ नविकरण गर्न मन्त्रालयले अनुरोध गरेको छ ।


    images
    images

    Logo