images
images

१४ निर्माण व्यवसायी र ठेकेदार कालोसूचीमा


  • 507
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    १४ निर्माण व्यवसायी र ठेकेदार कालोसूचीमा

    काठमाडौं । १४ जना निर्माण व्यवसायी र ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सावजनिक  निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायी र ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा समावेश गरेको हो । 

    त्यसमध्ये मध्यपहाडी लोकमार्ग अन्तर्गत रामेछाप कार्यालयको क्षेत्रभित्र निर्माणको काम गर्दै आएका सिरुवा कन्ट्रक्सन र भारत कन्ट्रक्सन सिद्धिचुली माई जेभी तथा बाणगंगा गाउँपालिकाको सिफारिसमा साहनी विल्डर्सलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । अन्यलाई भने २ वर्ष र एक वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ । 

    सार्वजनिक खरिदको क्रममा बदनियत गर्ने, समयमा कार्यसम्पन्न वा आपूर्ति नगर्ने कम्पनीलाई सम्बन्धित सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा समावेश गर्न सकिने कानूनी व्यवस्था छ ।

    black list.jpg


    images
    images

    Logo