images
images

अहिलेसम्मकै ठुलो परिमाणमा लागुऔषध बरामद


  • 464
    SHARES
  • २०७८ श्रावण २९ गते शुक्रबार

    अहिलेसम्मकै ठुलो परिमाणमा लागुऔषध बरामद

    काठमाडौँ । महानगरीय प्रहरी प्रभाग कपनले अहिलेसम्मकै ठुलो परिमाणमा लागुऔषद सहित दुइ जनालाई पक्राउ गरेको छ ।  प्रभागले विहिबार लागुऔषधको अवैध विक्रि वितरण भइरहेको भन्ने गोप्य सुचनाको आधारमा कपन बालकुमारी बाट ठुलो परिमाणमा लागुऔषध बरामद गरेको हो । 

    कपन एरियामा यति ठुलो परिमाणमा लागू औषध बरामद गरिएको पहिलो घटना भएको कपन प्रभागकी प्रमुख भगवती तिमल्सिनाले बताइन् ।

    पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढीका शिब कुमार गिरी र सिन्धुपाल्चोकका बुद्ध गुरुङ रहेका छन् । अभियुक्तको शरिर र कोठा खानतलासि गर्दा  लागुऔषध DIAZELAB ३९९ एम्पुल, NOOPHIN ३९० एम्पुल, PHENERGAN ४०० एम्पुल गरी जम्मा एम्पुल ११८९ थान र NITRAVET -10 लेखिएको जम्मा चक्की ९०० थान  फेला पारेको प्रहरीले जनाएको छ । 

    अभियुक्तलाई थप अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको तिमल्सिनाले बताइन् । 

     

     

     


    images
    images

    Logo