images
images

राष्ट्रियसभा निर्वाचनसहित यी हुन् मन्त्रिपरिषद्का ३५ निर्णय (सूचीसहित)


  • 355
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    राष्ट्रियसभा निर्वाचनसहित यी हुन् मन्त्रिपरिषद्का  ३५ निर्णय (सूचीसहित)

    काठमाडौं । सरकारले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालययमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका हुन् । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

    सरकारले मल्दिभ्सको मालेमा मङ्सिर २७ र २८ गते हुने एक बैठकमा महान्यायाधीवक्ता डा. दिनमणि पोखरे सहभागी हुने कार्यतालिका स्वीकृत गरेको छ । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा  उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  त्यसैगरी, सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।

    cabinet1.jpg

    cabinet2.jpg

    cabinet3.jpg

    cabinet4.jpg


    images
    images

    Logo