images
images

महाकालीको पानी परीक्षण गरिँदै


  • 316
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    महाकालीको पानी परीक्षण गरिँदै

    महाकालीको पानीमा निर्भर नदी तटीय क्षेत्रका महिला पानीको गुणस्तर जाँच गर्न थालेका छन् । स्थानीय पालिका र साझेदार संस्थाले पानी परीक्षण गर्ने उपकरणसहित महिलालाई तालिम दिएसँगै पानी परीक्षण गर्न थालेका हुन् । 

    दशरथचन्द नगरपालिका–६, शेरार ८ नम्बरको झुलाघाट, शिवनाथ गाउँपालिकाको कुस्मतघाट र पञ्चेश्वर गाउँपालिका–४, विनायकघाघ गरी चार स्थानको पानी स्थानीय महिलाले परीक्षण गरेका हुन् । सो पानी पिउन योग्य भए नभएको सम्बन्धमा १० वटा प्यारामिटरमा परीक्षण गर्दा कोलिफर्म, क्षारीयपन र धमिलो भएकाले पिउनयोग्य नभएको रुडैस नामक संस्थाका निर्देशक गोविन्दराज जो शीले बताए । 

    नदी किनारका समुदायले पानीको गुणस्तर थाहा पाएपछि महाकालीमा जथाभावी ढल मिसाउन नहुने कुरामा सचेत हुने झुलाघाटकी स्थानीय महिला कुशुम कार्कीले बताइन् । हरेक १५ दिन चार ठाउँमा एकैदिन परीक्षण भइरहेको छ ।


    images
    images

    Logo