images
images

१४ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई अझै निकालिएन


  • 334
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    १४ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई अझै निकालिएन

    उत्तराखण्डको उत्तरकाशीको सुरुङमा फसेका ४१ मजदुरको अहिलेसम्म उद्धार हुन सकेको छैन । सुरुङ भित्र ड्रिलिङका लागि जडान गरिएको औगर मेसिन बिग्रिएको छ । जसले गर्दा ड्रिलिंगको काममा बाधा पुगेको छ ।

    भारतीय वायुसेनाले शनिबार डीआरडीओ उपकरणहरू पठाएको छ।

    सुरुङमा औगर मेसिनको सहायताले उत्खनन भइरहेको थियो। उक्त मिसिन भित्रै भाँचिएपछि त्यसलाई पूर्ण रूपमा बाहिर निकाल्न हैदराबादबाट मेसिन बोलाइएको हो।

    शनिबार दिउँसो मुख्यमन्त्री पुष्करसिंह धामीले सिल्कियारा सुरुङ बाहिरको अवस्थाबारे जानकारी लिएर हैदरावादबाट मेसिन आएपछि आइतबार बिहानैबाट पुनः काम सुरु हुने जानकारी दिएका थिए ।

    सो क्रममा उनले सुरुङभित्र फसेका मजदुरहरुसँग कुराकानी गर्दै उनीहरुलाई बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको जानकारी दिए । सुरुङमा फसेका मजदुरलाई आफ्नो परिवारसँग कुरा गर्नका लागि पाइपमार्फत टेलिफोन उपलब्ध गराइएको छ ।

    विज्ञहरूले पछिल्लो १४ दिनदेखि फसेका ४१ जना कामदार अर्को महिना क्रिसमससम्म बाहिर आउने बताएका छन् ।  

    बीएसएनएलका डीजीएम राकेश चौधरीले भने, 'यो टेलिफोनमा इनकमिङ र आउटगोइङ दुवै कलको सुविधा हुनेछ जसले गर्दा सुरुङमा फसेका मजदुरहरूले आफ्ना परिवारका सदस्यहरूसँग कुरा गर्न सक्छन्। साथै, प्रशासनले पनि यस टेलिफोन मार्फत कामदारहरूसँग कुरा गर्न सक्नेछ। ।' बीबीसी


    images
    images

    Logo