images
images

पत्रकार महासंघलाई अन्तर्राष्ट्रिय पत्रकार महासंघले सदस्यबाट हटायो !


  • 380
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    पत्रकार महासंघलाई अन्तर्राष्ट्रिय पत्रकार महासंघले सदस्यबाट हटायो !

    काठमाडौं । अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले नेपाल पत्रकार महासंघलाई कारवाही गर्ने भएको छ । नेपाली पत्रकारहरुको छाता संस्था महासंघलाई सदस्यता शुल्क वापतको रकम नबुझाएका कारण आइएजेले आफुसंगको आवद्धता लाई एकतर्फी रूपमा तोड्ने प्रक्रिया अघि बढाएको हो । 

    आइएफजेलाई महासंघले करिव दुई लाख नेपाली रुपैयाँ तिर्नु पर्ने छ । सदस्यता वापतको उक्त रकम कोषाध्यक्ष कलेन्द्र सेजवालले तिर्न नमाने पछि महासंघ आइएफजेको सदस्यवाट हट्ने अवस्था आएको हो । 

    महासंघका एक सदस्यका अनुसार आइएफजेलाई पठाउनु पर्ने चेकमा कोषाध्यक्ष सेजवालले हस्ताक्षर नगर्ने अड्डी लिए पछि समस्या उत्पन्न भएको हो । 

    आइएफजेले महासंघलाई पत्र लेख्दै सदस्यताबाट हटाउने प्रक्रियाका बारेमा जानकारी गराइसकेको छ । आइएफजेले महासंघलाई उपलब्ध गराएको समावेशीता र नेतृत्व विकाससंग सम्बन्धीत कार्यक्रम समेत राम्रोसंग नगरेको भन्दै थप कार्यक्रम माथी रोक लगाएको छ । 

    महासंघले आइएफजेलाई पठाएको आर्थिक प्रतिवेदन माथी प्रश्न उठेको बताइएको छ । कोषाध्यक्ष सेजवालले चेकमा रकम पठाउन नमान्नुमा खास कारण नरहेको बताइएको छ । 

    महासंघ स्रोतका अनुसार सेजवालले आर्थिक गतिविधि आफु खुसी गर्दै आएकाले पारदर्शीताको माग हुँदै आएको छ ।


    images
    images

    Logo