चीनको राजधानी बेइजिङले सहरभित्र ड्रोन राख्न तथा भण्डारण गर्न प्रतिबन्ध लगाउने भएको छ। आगामी नोभेम्बर १५ देखि लागू हुने नयाँ व्यवस्थाले ड्रोन तथा त्यसका पार्टपुर्जा सहरभित्र ल्याउने र अनधिकृत रूपमा उडाउने कार्यमा समेत रोक लगाउनेछ।
करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बेइजिङमा हवाई सुरक्षासम्बन्धी चिन्ता बढिरहेका बेला नगर सरकारले नयाँ व्यवस्था ल्याएको हो। गत जुनमा एउटा सानो विमान गगनचुम्बी भवनमा ठोक्किँदा चालकको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए।
राजधानीको सुरक्षा मजबुत बनाउन भन्दै बेइजिङ सरकारले ड्रोनसम्बन्धी नियम थप कडा बनाएको हो। यसअघि नै गत मेदेखि सहरमा ड्रोन बिक्रीमा प्रतिबन्ध लगाइएको थियो। साथै, ड्रोनधनीले आफ्ना उपकरण अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको थियो।
नयाँ नियमअनुसार ड्रोनधनीले नोभेम्बर १५ भित्र आफ्ना उपकरण नष्ट गर्न वा बेइजिङबाहिर लैजानुपर्नेछ। सरकारले ड्रोन फिर्ता लिन पुनःखरिदको व्यवस्था गर्नुका साथै सहरबाहिर लैजान निःशुल्क ढुवानी सुविधा उपलब्ध गराउने जनाएको छ।
तर आतंकवाद नियन्त्रण, कृषि, विपद् उद्धार तथा वैज्ञानिक अनुसन्धानजस्ता विशेष प्रयोजनमा प्रयोग हुने ड्रोनलाई भने नयाँ व्यवस्थाबाट छुट दिन सकिनेछ। एजेन्सीको सहयोगमा



