काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका तीन र जिल्ला अदालतका १५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज, मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुर र रितेन्द्र थापालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा सरुवा गर्न सिफारिस गरेको हो ।
बैठकले न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पाटनमा काज सरुवा गर्न पनि सिफारिस गरेको छ। यस्तै, गोकर्ण डाँगी, शकुन्तला घिमिरे र अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काज सरुवा गर्न सिफारिस गरिएको छ ।
जिल्ला अदालततर्फ किशोर घिमिरे, दीपक ढकाल र सन्तोषप्रसाद पराजुलीसहित १५ जना न्यायाधीशको सरुवा सिफारिस गरिएको छ ।
यसैबीच, न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका सहरजिष्ट्रारद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रार पदमा सिफारिस गर्ने निर्णय गरेको छ ।



