images
images

राजदूत र सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान


  • 419
    SHARES
  • २०८० मंसिर ९ गते शनिबार

    राजदूत र सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

    काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि सिफारिस नेपाली राजदूत र सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने गरेको छ।

    शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। पोर्चुगलका लागि नेपाली राजदूत शनिस नेपाल सिफारिस भएका छन्। त्यस्तै सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका छन्।

    गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो । न्याय परिषद्बाट उनीहरूमाथि संसदीय सुनुवाइका लागि मङ्सिर ६ गते पत्र प्राप्त भएकोले सुनुवाइ प्रक्रिया थालनी भएको हो । 

    समितिले ’देहायको मुलुकका राजदूत र सर्वोच्च अदालतका न्यायाधीशहरूको पदमा देहाय अनुसारका व्यक्तिहरूको नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० ९दस० दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ, ‘सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने ब्यहोरा समेत जानकारी गराइन्छ साथै, यस सम्बन्धी सूचना वा उजुरी प्राप्त हुन आएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उल्लिखित म्यादभित्रै त्यस्ता सूचना वा उजुरी यस समितिको सचिवालयमा आइपुग्ने गरी पठाइदिनुहुन समेत अनुरोध छ ।’

    Untitled.jpg

     

     

     

     

     

     


    images
    images

    Logo